आज वि.सं. २०८३ साल असार १५ गते सोमबार,हेर्नुहोस् राशिफल
२०८३ असार १५
220
Shares
वि.सं. २०८३ साल असार १५ गते, सोमबार । ईश्वी सन् २०२६ जुन २९ तारिख । नेपाल संवत् ११४६। रौद्र संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। श्रीशाके १९४८। ज्येष्ठ शुक्लपक्ष। तिथि– पूर्णिमा, रातको ४ः४७ बजे उप्रान्त प्रतिपदा ।
नक्षत्र– मूल, रातको ४ः१५ बजे उप्रान्त पूर्वाषाढा। योग– शुक्ल, दिउँसो ३ः२८ बजे उप्रान्त ब्रह्म। करण– भद्रा, दिउँसो ३ः४८ बजे उप्रान्त बव, रातको ४ः४७ बजे उप्रान्त बालव। आनन्दादिमा– लुम्ब योग। चन्द्रराशि– धनु । आजको राशिफलः मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म लगायत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेको छ भने पढाइलेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ। मायाप्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ। राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ । व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रमा सुझबुझका साथ लगानी गरे नाफा कमाउन सकिनेछ । वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
भौतिक वस्तु तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, समय मध्यम रहेको छ । आफन्त तथा साथीभाइसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । व्यापारमा लगानि गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । मायाप्रेममा एकअर्कालाई शङ्का गर्नाले छुट्टिनुपर्ने बाध्यता आउन सक्छ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउनेछ। तर पनि यात्रा, बैठक, भेटघाट तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । औद्योगिक क्षेत्र तथा सेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्गप्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम अघि बढी सफलता हात पार्न सकिनेछ । कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई सल्टाउने समय रहेको छ । शत्रुले दुःख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । न्यायालयमा हुने सुनुवाइ तपाईंकै पक्षमा हुने हुनाले मन प्रसन्न हुनेछ । पढाइलेखाइमा प्रतिद्वन्द्वीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तर पनि यात्रा गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला। आफन्त तथा मावली पक्षबाट असहयोग हुनेछ । सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मनपर्ने मानिसबाट उपहार तथा विलासी वस्तु प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ। राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारप्रसारमा समय व्यतीत हुनेछ । कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
कार्य सम्पादन गर्ने सवालमा आफ्नै भन्नेहरूले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरू सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाढिने योग रहेको छ । व्यापारमा लगानी गर्नका लागि केही समय धैर्यधारण गर्नुहोला । तर पनि कृषि, पशुपालन तथा पुख्र्यौली पेसाबाट मनग्य धन आर्जन गर्न सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
आफ्नै मिहिनेतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मूल्याङ्कन हुनेछ। दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरूको थालनी गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ। अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । तर पनि राजनीतिमा जनताको आलोचनात्मक समर्थन पाइने योग रहेको छ । वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आफन्त तथा कुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ । शुभ तथा माङ्गलिक समारोहका बीच मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । थोरै बोलेर मनग्य धन आर्जन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रस्ताव आउनेछ। प्रेमिजोडीहरूले रमाइलो ठाउँको यात्रा गरी दिन व्यतीत गर्न सक्नेछन् । खानपान, मनोरञ्जन तथा किनमेलमा समय व्यतीत हुनेछ । धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
प्रविधिको प्रयोग गरी रचनात्मक काम मार्फत मनग्य धन आर्जन गर्न सकिनेछ । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरू प्रशस्त भेटिनेछन् । व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गर्दा नाफा कमाउन सकिनेछ। पढाइलेखाइमा सफलता हात पार्न सकिनेछ। समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तिको योग रहेको छ । मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
अरूकै काम गर्दा आफ्नो काम थाँती रहनेछ । पढाइलेखाइमा समय दिन सकिने छैन भने नतिजा अरूतिरै जानेछ । स्वास्थ्यसम्बन्धी समस्या आई औषधि–उपचार खर्च बढेर जानेछ । व्यापार व्यवसायमा मन्दी आउनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय मध्यम रहेको छ । तर पनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ । कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नेछन् । परिवारका इच्छा, आकाङ्क्षा तथा मनोकामना पूर्ति गर्न सकिनेछ। पैतृक धन तथा सञ्चित धनको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरूलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमिजोडीहरूका लागि समय उत्तम रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ। यात्रा, बैठक, भेटघाट तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
व्यवसाय फस्टाएर जाने तथा व्यावसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो विद्यालाई निखार्न सकिनेछ । आँटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घरपरिवारमा तपाईंको कामदेखि सबै प्रसन्न हुनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईंको काम समयमै गरिदिने हुनाले समय र रुपैयाँ–पैसाको बचत हुनेछ । तपाईंको दिन शुभ रहोस्