October 13, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

चोरी भएको मोटरसाइकललाई वर्कसपमा टुक्राटुक्रा पर्ने तीन जना पक्राउ

२०८३ आश्विन २७

225

रौतहट : रौतहटको चन्द्रपुरबाट चोरी भएको २०० सीसीको एनएस मोटरसाइकल गुजरा नगरपालिका स्थित एक वर्कसपबाट पार्टपुर्जा खोलिएर टुक्राटुक्रा परिएको अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गएको २४ गते राति चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीबाट मधेश प्रदेश ०३–०४६ प ३६५२ नम्बरको एनएस मोटरसाइकल चोरी भएको थियो ।
चोरी भएको मोटरसाइकलको खोजतलास गर्ने क्रममा प्रहरीले असोज २५ गते बिहान करिब ६ः३० बजे गुजरा नगरपालिका–२ कटानी टोलस्थित शुभनारायण साहको घरमा सञ्चालित मोटरसाइकल वर्कसपमा मोटरसाइकलको ट्याङ्की, चक्का लगायतका पार्टपुर्जा खोलिएको अवस्थामा फेला पारेका थिए ।
स्थानीय बैधनाथ चौधरीका २४ बर्षीय छोरा राहुल चौधरीले वर्कसप संचालन गर्दै आएको जानकारी दिदै प्रहरीले मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा वृन्दावन नगरपालिका–१० का १९ वर्षीय अर्जुन चौधरी र पर्साको वीरगन्ज महानगरपालिका–३१ का १९ वर्षीय आनन्द गौरो र शिवशंकर दास थारूलाई नियन्त्रणमा लिएको बताइएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरको हिरासत कक्षमा राखेर आवश्यक अनुसन्धान तथा चोरी सम्बन्धी कसुरमा कारवाही चलाउने तयारी भईरहेको सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।