October 14, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित

२०८३ आश्विन २६

55

काठमाडौं : नेपाली कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर र डिला संग्रौला निर्वाचित भएका छन् ।
खुला महामन्त्री तर्फ पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० मत पाउँदै विजयी भएका हुन् । खुला महामन्त्रीतर्फका अन्य प्रत्यासीहरुमा डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाएका छन् ।
यसैगरी, महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित भइन् । उनका अन्य प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरे ।