October 13, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

कांग्रेस सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित

२०८३ आश्विन २७

305

काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित भएकी छन् । सानेपामा जारी मतगणनामा सर्वाधिक लोकप्रिय मतका साथ महिला सहमहामन्त्री पदमा विजयी भएकी हुन् ।
५ हजार ११६ मतसहित गौतम विजयी हुँदा प्रतिस्पर्धी नानु माया बास्तोलाले १ हजार ५४४ मत मात्रै प्राप्त गरिन् । गौतम विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन् ।
खुला तर्फबाट सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी, जीवनबहादुर शाही पिछडिएको क्षेत्रबाट निर्वाचित भइसकेका छन् । कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन् ।
अन्य क्लस्टरको मतगणना जारी छ ।