October 13, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

देशभर कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ?

२०८३ आश्विन २७

60

काठमाडौँ : विपद्का कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डमा बाढी तथा पहिरोका कारण सवारी आवागमन प्रभावित भएको हो ।
बागमती प्रदेशको धादिङमा गत असोज २१ गते त्रिभुवन राजपथ अन्तर्गत धुनिवेशी नगरपालिका वडा नं. ०९ खत्रीपौवामा पहिरो जाँदा सडक एकतर्फी सुचारु रहेको छ ।
गण्डकी प्रदेश अन्तर्गत म्याग्दीको बेनि–जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका वडा नं. ०२ बैसरीमा पहिरो जाँदा सडक एकतर्फी सुचारु छ ।
नवलपरासीको कालीगण्डकी करिडोर अन्तर्गत बौदिकाली गाउँपालिका वडा नं. ०३ जन्ती पहिरोमा पहिरो जाँदा सडक एकतर्फी सुचारु छ, तर साना गाडी मात्र चल्न सक्ने र ठुला गाडी जान नसक्ने अवस्था छ ।
यता मनाङमा गत असोज १८ गते बाढी आएका कारण बेशीशहर हुँदै खाङसारसम्म जाने सडकमा यातायात एकतर्फी सुचारु रहेको छ ।
गोरखाको आरुघाट गाउँपालिका वडा नं. २, ३ र आरुघाट गाउँपालिका वडा नं. ९ नयाँपुल क्षेत्रमा आइतबार आएको बाढी आएका कारण सोतीमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रुपमा अवरोध भएको छ ।