April 13, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले विवाह गरिन्

तस्बिरः रोयटर्स ।
२०८२ मंसिर १३

260

अस्ट्रेलिया : स्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले विवाह गरेका छन् ।
शनिबार उनले ४७ वर्षीया जोडी हेयडनसँग विवाह गरेका हुन् ।
योसँगै अल्बानिज अस्ट्रेलियाको इतिहासमा पदमै रहँदा विवाह गर्ने पहिलो प्रधानमन्त्री बनेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
विवाह समारोहमा उनले परिवार र अत्यन्त निकटलाई मात्रै बोलाएका थिए । समारोह राजधानी क्यानबेरास्थित सरकारी निवासमै भएको हो ।
विवाहको मिति र विवरण लामो समयसम्म गोप्य राखिएको थियो । अल्बानिजले गत वर्ष भ्यालेन्टाइन्स डेमा हेयडनलाई प्रेम प्रस्ताव राखेका थिए । ’हाम्रो परिवार र नजिकका साथीहरूको साक्षीमा सँगै जीवन बिताउने प्रेम र प्रतिबद्धता सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं,’ अल्बानिजले विज्ञप्ती जारी गर्दै भनेका छन् ।
हेयडन सन् २०२२ को निर्वाचन अभियानदेखि यस वर्षको मेमा लेबर पार्टीको ठूलो जितसम्म अल्बानिजका अधिकांश सार्वजनिक कार्यक्रममा साथमा देखिँदै आएकी थिइन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार अल्बानिज र हेयडनले आगामी सोमबारदेखि शुक्रबारसम्म अष्ट्रेलियामै हनिमुन मनाउनेछन्, जसको सम्पूर्ण खर्च उनीहरूले निजी रूपमा ब्यहोर्ने जनाइएको छ ।