September 3, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

सभापति लामिछानेलाई सिक्किमका मुख्यमन्त्री तामाङले फोन गरेपछि…

२०८३ भाद्र १८

40

काठमाडौँ : सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले रास्वपाका सभापति रवि लामिछानेलाई फोन गरेका छन् ।
विपद्को बेलामा सम्झिएको भन्दै मुख्यमन्त्रीले सभापति लामिछानेसँग फोन संवाद गरेका हुन् । सभापति लामिछानेसँग मुख्यमन्त्री तामाङले भने, ‘हाम्रो देश अलग्गै भए तापनि हाम्रो परम्परा, भाषा, रीतिथिति, भेषभूषा, चाडपर्व सबै मिल्छ। हामी विभिन्न राष्ट्रमा छौँ र पनि हामी आत्मीयता छौँ ।’
सभापति लामिछानेले दुःखको बेलामा मानवीय सहायताको रूपमा सम्झिएको भन्दै आभार व्यक्त गरे। संवादमा मुख्यमन्त्रीले भने, ‘तपाईँलाई भेटौँला, तपाईँको त म सबै हेर्छु ।’
मुख्यमन्त्रीको कुरा सुनेपछि सभापति लामिछानेले पनि दुःखबाट अलिकति पार भएपछि कुनै तरिकाले फेरि पनि कुराकानी गर्ने बताए । (नेपालप्रेसबाट)