फेवाताल क्षेत्रमा अवैध संरचना भत्काएपछि , स्थानीयको विरोध
पोखरा : पोखरा महानगरपालिका ले फेवाताल को सीमाभित्र पर्ने ३२ वटा अवैध संरचना शनिबार डोजर प्रयोग गरी भत्काएको छ। सर्वोच्च अदालत को आदेश कार्यान्वयनका लागि गठित सहजीकरण समितिले निर्धारण गरेको सीमाभित्रका संरचनामाथि मात्र कारबाही गरिएको महानगरले जनाएको छ। महानगरका अनुसार खहरेदेखि खपौदीसम्मको क्षेत्रमा पोल गाडेर सीमांकन गरिएको भागभित्र रहेका अवैध संरचना हटाइएको हो। महानगर प्रहरी...