गैरआवासीय नेपालीबारे स्पष्ट प्रतिबद्धता आएको भन्दै विभिन्न देशमा रहेका ११८ गैरआवासीय पेशाकर्मी नेपालीले गरे कांग्रेसलाई मतदान गर्न संयुक्त अपील
काठमाडौँ :- अमेरिका लगायतका विभिन्न मुलुकमा बसोबास गर्दै आएका विभिन्न पेशामा आबद्ध गैरआवासीय नेपालीले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न अपील गरेका छन् । विभिन्न मुलुकमा बस्दै आएका ११८ जना डाक्टर, इन्जिनियर, प्राध्यापकलगायत विभिन्न पेशाकर्मी गैरआवासीय नेपालीले निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न अपील गरेका हुन् । एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले नेपाली कांग्रेसलाई...