रौतहट : रौहतटको चन्द्रपुर नगरपालिका वडा नम्बर ०९ स्थित जन्मोत्सव पार्क संरक्षण समितिका तर्फबाट रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य माननीय सांसद गणेश पौडेल लाई बधाई तथा ध्यानाकर्षण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार जन्मोत्सव पार्कमा आयोजना गरिएको कार्यक्रममा सांसद पौडेल लाई बधाई दिदै यस क्षेत्रका जनताले भोग्नुपरेका समस्या केन्द्रित २२ बुदे ध्यानाकर्षण पत्र समेत वरिष्ठ पत्रकार एवं समाजसेवी गोबिन्दप्रसाद चौलागाईंले हस्तान्तरण गरेका थिए । ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै वरिष्ठ पत्रकार एवं यस क्षेत्रका समाजवादी चौलागाईंले भन्नुभयो ,जनताको समस्या समाधान गर्न हामी तपाईंको साथमा छौ अब गफ होइन जनता लाई कामको नतिजा चाहिएको छ त्यसैमा केन्द्रित भएर काम गर्न सफल बन्नोस हाम्रो शुभकामना छ ।
२२ बुदें ध्यानाकर्षण पत्र :






