दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई तिहाड जेल पुर्याइयो
मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई आज ईडीको हिरासतबाट तिहाड जेलमा सारिएको छ । जिल्ला अदालतले थप १५ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएपछि उनलाई तिहाड जेल पुर्याइएको हो । गत मार्च २१ मा पक्राउ परेयता उनी प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा रहँदै आएका थिए । दिल्लीको राउज एभेन्यु डिस्ट्रिक्ट कोर्टले आजै...