काठमाण्डौं : तराईका जिल्लाहरूमा देखिएको तातो हावा ‘लू’ बाट बच्न दिउँसोको अत्यधिक गर्मीमा बाहिर ननिस्कन, काम परेमा बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न विज्ञहरुको सुझाव छ । तातो हावाले डिहाइड्रेसन, गर्मीजन्य थकान, हिटस्ट्रोक र मुटुमा दबाब जस्ता लक्षणहरू देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श गर्न विज्ञहरुको आग्रह छ ।
अहिले तराईको तापक्रम बढेसँगै सचेत रहन सबैतिरबाट आग्रह गरिएको छ । विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तातो हावा (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयको आग्रहपछि धेरैमा त्रास समेत उत्पन्न हुने गरेको छ ।तराईका जिल्लाहरूमा देखिएको तातो हावा लु बाट बच्न दिउँसोको अत्यधिक गर्मीमा बाहिर ननिस्कन, काम परेमा बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न विज्ञहरुको सुझाव छ । तातो हावाले डिहाइड्रेसन, गर्मीजन्य थकान, हिटस्ट्रोक र मुटुमा दबाब जस्ता लक्षणहरू देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श गर्न विज्ञहरुको आग्रह छ ।
विज्ञका अनुसार तातो हावाले आँखा र छालामा दीर्घकालीन प्रभाव समेत पर्न सक्ने भएकाले उच्च तापक्रमका बेला घरबाहिर निस्कँदा आवश्यक सावधानी अपनाउनुपर्ने हुन्छ । ‘हिट वेभ’का कारण आँखा तथा छालामा दीर्घकालीन समस्याहरू हुन सक्ने भएकाले सचेत रहन विज्ञहरुको आग्रह छ ।
यस्तो बेला बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू उच्च जोखिममा रहने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने विज्ञको सुझाव छ । तातो लहरको जोखिमबाट बच्न धूमपान तथा मद्यपानबाट टाढा रहन, शरीरमा पानीको मात्रा सन्तुलित राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श लिन पनि विज्ञहरुको सुझाउँछन् ।
विज्ञका अनुसार मनसुन सुरु भएसँगै तातो हावाको जोखिममा पर्न सक्ने हुन्छ । यस्तो बेला बढी तापक्रम हुने ठाउँमा बस्ने नागरिकले दैनिकीमा सोहीअनुसार तालमेल मिलाउनुपर्ने उनीहरुको सुझाव छ ।
के हो ‘लू’ ?
विज्ञका अनुसार तातोहावा (लू) भनेको लामो समयसम्म अत्यधिक गर्मी रहने अवस्था हो, जुन प्रायः उच्च आद्र्रतासँगै देखिने गर्छ । कुनै निश्चित क्षेत्रको सामान्य औसत तापक्रमभन्दा निकै माथि तापक्रम पुगेको अवस्थामा ‘लू’ घोषणा गर्ने गरिन्छ । जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धि भइरहेकाले तापलहरको जोखिम बढ्दै गइरहेको विज्ञको तर्क छ । तातो हावाका कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन) र हिटस्ट्रोकको जोखिम हुने गर्छ । यसले मुटुसम्बन्धी समस्याको जोखिम पनि बढाउन सक्ने विज्ञहरूको चेतावनी छ ।
जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढ्दै जाँदा ‘लू’ लाग्ने गरेको पाइएको छ । पछिल्लो समय अव्यवस्थित सहरीकरणका कारण पनि ‘लू’को जोखिम बढ्दै गएको छ । कंक्रिटका भवन र सडकहरूले ताप सोस्ने भएकाले सहरहरूमा यसको जोखिम अत्यधिक हुने गर्छ । वन फँडानीका कारण प्राकृतिक चिसोपन घटेरसमेत तातो लहर चल्ने गरेको विज्ञ बताउँछन् । त्यसैले यी समस्या देखिने स्थानमा बसोबास गर्नेले यस्तो बेला बढी सचेत हुनपर्ने देखिन्छ ।
‘लू’का लक्षणहरू
बारम्बार प्यास लागिरहनु ।
अनुहार रातो हुनु, टाउको दुख्नु, दिगमिग हुनु र वान्ता हुनु ।
अत्याधिक तापक्रमका कारण बेहोस हुनु । रिंगटा लाग्नु ।
नाडीको गति धेरै बढ्नु, बिरामीको शरीरको तापक्रम १०१ देखि १०४ सम्म हुनु ।
बिरामीमा छटपटी र उदासीनताको भाव देखिनु ।
‘लू’ बाट बसरी बच्ने
जहाँ तातो हावा चल्छ त्यस्तो ठाउँमा बस्नेले मध्यान्हमा घरबाट बाहिर निस्कनु हुँदैन । तर, बाहिर ननिस्केर पनि सम्भव नहुन सक्छ । यदि बाहिर निस्कनै परेमा प्रयाप्त मात्रामा पानी पिएर बाहिर निस्कने र यसरी बाहिर निस्कदा पातलो सुतीको शरीर ढाक्ने लुगा लगाउने गर्नुपर्छ । यस्तै छाता ओढ्ने, सलले टाउको छोप्ने, कालो चस्मा लगाउने गर्नुपर्छ ।‘लू’ लाग्ने ठाउँको मान्छेले बाहिर निस्कदा ख्याल गर्नुपर्ने अर्को कुरा भनेको, टन्न पानी खाएर बाहिर निस्कने र पानी बोकेर हिँड्ने गर्नुपर्छ । पानी बारबार पिइरहनुपर्छ । पहिला त सुनिन्थ्यो, प्याज खाएपछि ‘लू’ लाग्न कम हुन्छ भनेको र खाएको र बोकेर हिँडेको पनि देखिन्थ्यो । त्यसो त यसको वैज्ञानिक तथ्य भने छैन । यतिबेला तराई जहाँ ‘लू’ लाग्ने र तातो हावा चल्ने गरेको छ,त्यस्तो ठाउँका लागि सातु पानी पनि धेरै राम्रो मानिन्छ ।
‘लू’का कारण धेरै गाह्रो हुँदा रुखको छहारी पनि निकै राम्रो हुन्छ । यदि कसैलाई ‘लू’ लागेर बेहोस् भएमा शरीरको लुगा खोलेर चिसो पानीले भिजाएको कपडाले शरीर पुछ्नुपर्छ । कहिलेकाहीँ तापक्रम धेरै भएमा मान्छेको ज्यानै पनि जान सक्छ । त्यसैले ‘लू’बाट बच्ने उपाय भनेको सकेसम्म घरबाट बाहिर ननिस्कने, निस्कनै परेमा छातासहित पानी बोकेर जाने र भोको नबस्ने गर्नुपर्छ । यसका साथै कागती, चिनी र नुन राखेको पानी खानुपर्छ । अझ दही मोही, सख्खर पानीमा नुन राखेर खानु राम्रो हुन्छ ।






