August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

भोटेकोशी बाढीपीडितका लागि उद्योगी भारतीले गरे सहयोग

२०८३ भाद्र १५

235

काठमाण्डौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकका लागि उद्योगी मनोज भारतीले लाखौँ रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका छन् ।
फिटवेल गार्मेन्ट उद्योग प्रा.लि. र खराउ सुज इन्डष्ट्रिज प्रा.लि.बाट उत्पादित तथा उपलब्ध गराइएका ट्र्याकसुट, गेम ड्रेस, स्पोर्ट जुत्ता, टी–सर्ट, ट्राउजर, विन्डसिटरलगायतका सामग्री भारतीले राहतका लागि हस्तान्तरण गरेको हो । काठमाडौंको सामाखुसीस्थित विपद् व्यवस्थापन कार्यालयमा पुगेर उनले गृह मन्त्रीका स्वकीय सचिव जेम्स कार्कीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका सामग्री भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित रसुवाका परिवारसम्म पु¥याउने उद्देश्य राखिएको छ ।
विपत्तिले नागरिकको घरबारसँगै दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत सामग्रीसमेत अभाव हुने अवस्था सिर्जना गरेपछि कपडा र जुत्तालगायतका सामग्री सहयोग गरिएको भारतीले बताए ।
भारतीले यसअघि पनि संकटमा परेका नागरिकलाई सहयोग गर्दै आएका थिए । कोभिड–१९ महामारी तथा भूकम्पका बेला समेत उनले व्यक्तिगत र व्यावसायिक स्रोतबाट राहत तथा सहयोग उपलब्ध गराएका थिए ।