September 10, 2025, Wednesday
Nepal 1:37:26 pm
एक प्रश्न संवाददाता

नेपाल शिक्षक महासंघ वार्तामा जान तयार

२०८१ चैत्र २८

370

नेपाल शिक्षक महासंघ वार्तामा जान तयार भएको छ । बिहीबार शिक्षक महासंघ सरकारले बोलाएको वार्तामा जान तयार भएको हो ।

शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेको छ । बुधबार शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् । शिक्षकहरूले यसअघि दिउँसै बत्ती बालेर, कालो मास्क लगाएर, सिटी फुकेर प्रदर्शन गरेका थिए ।

वार्ता समिति बनाएर वार्तामा को–को जाने कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल भइ रहेको महासंघका एक पदाधिकारीले बताए ।