August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

आइजिपी चन्द्रकुबेर खापुङले पाए दज्र्यानी चिह्न

२०८२ भाद्र १९

410

काठमाडौं : नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले दज्र्यानी चिह्न पाएका छन्।
बिहीबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङ आइजिपीको फुली लगाइदिएका हुन् ।
भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई आइजिपी नियुक्त गरेको हो ।
आइजिपी दीपक थापाले बुधबार रातिदेखि अवकाश पाएका छन् ।
नयाँ प्रहरी विधेयक पारित भएर कार्यान्वयनमा नआए उनी करिब तीन महिनाका लागि मात्रै आइजिपी बन्नेछन् ।
प्रहरी नियमावली अनुसार उनी पनि ३० वर्षे सेवा हदकै कारणले मंसिर २३ गतेसम्म मात्रै प्रमुख हुनेछन् । प्रहरी विधेयक आएको अवस्थामा भने फरक पर्न सक्नेछ ।