वीरगञ्ज मेयर सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाललाई लगाइएको चारवटै झुठो मुद्दाबाट पाए सफाई
वीरगंज : वीरगञ्ज महानगरपालिकाका निलम्बित नगरप्रमुख राजेशमान सिंहले आफूविरुद्ध नागरिकता किर्तेसम्बन्धी समाचार प्रकाशन गरेका पत्रकार जियालाल साहविरुद्ध दायर गरेका चारवटै मुद्दामा पर्सा जिल्ला अदालतले अभियोग दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको छ । पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको इजलासले पत्रकार साहविरुद्ध दायर गरिएका लिखित बेइज्जती, विद्युतीय कारोबारसम्बन्धी कसुर, वैयक्तिक प्रतिष्ठा तथा बेइज्जतीसम्बन्धी कसुर र...