October 14, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

कटहरिया–२ मा कांग्रेसको वडा सभापतिमा रुपनारायण चौधरी सर्वसम्मत निर्वाचित

२०८३ आश्विन २८

545

रौतहट : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट रौतहटको कटहरिया नगरपालिका–२ को वडा सभापतिमा रुपनारायण चौधरी सर्वसम्मत निर्वाचित भएका छन्।

पूर्व गाविस अध्यक्ष सराजुल देवानको अध्यक्षतामा सम्पन्न अधिवेशनले चौधरीलाई वडा सभापतिमा सर्वसम्मत चयन गरेको हो। पार्टीको आन्तरिक संगठनलाई वडा तहमा थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित अधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको जनाइएको छ। वडा तहको नेतृत्व चयनलाई पार्टीको संगठन विस्तार तथा आगामी महाधिवेशनको तयारीका दृष्टिले महत्त्वपूर्ण मानिन्छ।

चौधरीको सर्वसम्मत चयनसँगै कटहरिया नगरपालिका–२ मा नेपाली कांग्रेसले नयाँ नेतृत्व पाएको छ।