काठमाडौं : नेपाल प्रहरीले ठमेलमा युवतीलाई अभद्र व्यवहार गर्ने पुरुषलाई पक्राउ गरेको छ ।
भदौ १६ गते सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीटलाई अभद्र व्यवहार गर्ने पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा फुटेज सार्वजनिक भएसँगै प्रहरीले अभियुक्त खोजी सुरु गरेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भदौ २० गते बेलुका सात बजे अभियुक्त सालिन साहलाई पक्राउ गरेको हो ।
सर्लाही कविलास नगरपालिका–२ का साह काठमाडौंस्थित कलंकी बस्दै आएका थिए । प्रहरीले उनलाई ठमेलबाटै पक्राउ गरेको हो । उनीमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ ।

