September 5, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

दक्षिण कोरियाका विदेशमन्त्री तीन दिनको लागी नेपालमा, यस्तो छ कार्यक्रम

२०८३ भाद्र २०

180

काठमाडौँ : दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने औपचारिक भ्रमणका क्रममा शनिबार नेपाल आइपुगेका छन् ।
नेपाल भ्रमणका क्रममा विदेशमन्त्री चोले नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तामा गत अगस्ट २६ मा रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि बेपत्ता भएका दक्षिण कोरियाली नागरिकको खोज तथा उद्धारका लागि नेपालले गरिरहेको प्रयासबारे छलफल हुने बताइएको छ ।
रसुवामा आएको बाढी तथा पहिरोमा जलविद्युत् आयोजना निर्माणस्थलमा कार्यरत दक्षिण कोरियाका नौ जना नागरिक बेपत्ता भएका थिए । बेपत्तामध्ये छ जना दोसान एनर्बिलिटी र तीन जना कोरिया साउथ–इस्ट पावर कम्पनीका कर्मचारी रहेको बताइएको छ ।
भ्रमणका क्रममा विदेशमन्त्री चोले बेपत्ता दक्षिण कोरियाली नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग र समन्वयका लागि नेपाली पक्षसँग आग्रह गर्ने अपेक्षा गरिएको छ ।
विदेशमन्त्री चोले बेपत्ता नागरिकका परिवारसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, उनले बाढी तथा पहिरो प्रभावित क्षेत्रको पुनःस्थापना, राहत तथा उद्धारका प्रयास र नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्धका विविध विषयमा नेपाली पक्षसँग छलफल गर्ने बताइएको छ ।