August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

कृष्णभीरमा सडक भासियो, मुग्लिन–काठमाडौँ सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४

290

काठमाडौँ : बाढीका कारण काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
कृष्णभीरमा सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन पूर्णरूपमा रोकिएको हो । त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको बताइएको छ । बाढीले कटान गरेपछि सडक केही भासिएको छ । आज बिहान केही बेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्णरुपमा बन्द भएको हो ।