August 25, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

जन ज्योति बहुमुखी क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता 

२०८३ भाद्र ९

705

रौतहट – रौतहट चन्द्रपुर ६ स्थित जन ज्योति बहुमुखी क्याम्पसको व्यवस्थापन समिति निर्वाचनका लागि अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष पदका लागि बालकृष्ण श्रेष्ठ (चन्द्रपुर–४), प्रमिला उपाध्याय (चन्द्रपुर–५) र सञ्जयकुमार कार्की (चन्द्रपुर–४) प्रतिस्पर्धामा छन् ।

त्यस्तै, सदस्य (खुला)तर्फ ९ जना, महिला सदस्यतर्फ २ जना, आदिवासी सदस्यतर्फ २ जना, जनजाति सदस्यतर्फ २ जना र दलित सदस्यतर्फ १ जनाको उम्मेदवारी परेको छ। निर्वाचनमा अध्यक्षसहित विभिन्न सदस्य पदमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएकाले क्याम्पस व्यवस्थापन समितिको नेतृत्व कसले हात पार्छ भन्ने विषयमा चासो बढेको छ।

अध्यक्ष पदका उम्मेदवार – 

१.बालकृष्ण श्रेष्ठ — चन्द्रपुर–४

२.प्रमिला उपाध्याय — चन्द्रपुर–५

३.सञ्जयकुमार कार्की — चन्द्रपुर–४ रहेका छन् ।

त्यस्तै सदस्य (खुला): चिरञ्जीवी गौतम, राजेन्द्र तिवारी, अशोक पहाडी, नारायणबहादुर न्यौपाने, जनकराज शर्मा, शन्नी राउत, सुमन गौतम, हरिबहादुर कार्की र श्याम फनैत रहेका छन् ।

महिला सदस्य प्रेमकुमारी तिमल्सिना, तारादेवी सापकोटा आदिवासी सदस्य सावित्री कुश्वार, अर्जुन चौधरी । जनजाति सदस्य झलक श्रेष्ठ, संगम श्रेष्ठ र दलित सदस्य जोखनबहादुर विश्वकर्मा रहेका छन् ।