August 17, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

१५औँ महाधिवेशनकोे जिम्मेवारी दिइयो डा.शशांकलाई

२०८३ श्रावण ३१

270

काठमाडौँ : नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्षको राष्ट्रिय भेलाले पार्टीको १५ औँ महाधिवेशन आयोजनाको तयारीसम्बन्धी जिम्मेवारी पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई दिएको छ ।
तीन दिनसम्म चलेको राष्ट्रिय भेलाको आइतबार सम्पन्न बैठकले महाधिवेशन तयारीको समन्वय डा.कोइरालाले गर्ने निर्णय गरेको हो । भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिले नै आगामी १५औँ महाधिवेशन आयोजना गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
निर्णयसँगै आगामी महाधिवेशनका लागि आवश्यक संगठनात्मक तथा तयारीका काम अघि बढाउने जिम्मेवारी शशांक कोइरालालाई दिइएको हो । वर्तमान निर्वाचित नेतृत्वकै माध्यमबाट महाधिवेशन प्रक्रिया अघि बढाउने विषयमा भेलाले आफ्नो धारणा तय गरेको जनाइएको छ ।