July 9, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

एसबीआई बैंकको ३३ औं स्थापना दिवसमा लायन्स क्लवद्धारा वृहत रक्तदान कार्यक्रम सम्पन्न

२०८३ असार २३

1.2K

काठमाडौं : नेपाल एसबीआई (SBI) बैंक लिमिटेडले आफ्नो स्थापना दिवसको ३३ औं वर्षमा प्रवेश गरेको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
आज काठमाण्डौंको तिनकुने स्थित लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ एच र लायन्स क्लव काठमाण्डौं समृद्धिको सह–आयोजनामा बैंकले ३३ औं बर्षमा प्रवेश गरेको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको नेपाल एसबीआई (SBI) बैंक लिमिटेड बाग्मती प्रदेश प्रमुख सुशिलराज श्रेष्ठले जानकारी दिएका छन् ।
उहाँले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको बताए । त्यस्तै बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण लगायतका सामाजिक क्षेत्रमा विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसले बैंकलाई समुदायसँग प्रत्यक्ष सरोकार राख्ने संस्था बनाएको बाग्मती प्रदेश प्रमुख श्रेष्ठले जानकारी दिएका छन् ।
सो कार्यक्रममा एक सय तिन जना रक्तदान गर्ने व्यक्तिहरु सहभागी रहेको लायन्स क्लव काठमाण्डौं समृद्धिको वर्तमान प्रेसिडेन्ट सुशिल खरेलले एक प्रश्न डटकमलाई जानकारी दिए । उहाँले लायन्स क्लव आफैमा एक परोपकारी संस्था हो,यस संस्थाले अस्पतालहरूमा रगतको अभाव टार्नु, आपतकालीन अवस्थामा जीवन बचाउनु र रक्तदान जस्तो परोपकारी कार्यप्रति नागरिकहरूमा जनचेतना जगाउनु हो त्यसैले मेरो कार्यकालमा ती सम्पुर्ण समस्याहरु चिर्दै ईमानदार पुर्वक निस्वार्थ संस्थालाई सेवागर्ने उद्देश्य रहेको बताए ।


कार्यक्रमामा लायन्स क्लवको प्रतिनिधि पुर्व डिष्ट्रीक गर्भनर शम्भु बहादुर थापा, नेपाल एसबीआई (SBI) बैंक लिमिटेड सिनामंगलका शाखा प्रबन्धक संजिव ढुङ्गेल, लायन्स क्लव काठमाण्डौं समृद्धिको निवर्तमान प्रेसिडेन्ट अर्जुन लामिछाने, लायन्स क्लव काठमाण्डौं समृद्धिका सदस्य तथा युवा व्यवसायी निर्मल पण्डित लगायतको सहभागिता रहेको थियो ।
नेपाल एसबीआई बैंकले देशभर आफ्नो सेवा सञ्जाल व्यापक बनाएको छ । हालसम्म बैंकले १०० वटा पूर्ण शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १९ शाखारहित बैंकिङ सेवा केन्द्र तथा १२५ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको सेवा सञ्जालले देशका ५१ जिल्लामा उपस्थिति जनाइसकेको छ, जसले ग्राहकहरूलाई सजिलो र पहुँचयुक्त बैंकिङ सेवा उपलब्ध गराएको छ ।