June 25, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

रास्वपा प्रथम महाधिवेशनमा ८ बजेसम्म २१ सय मत खस्यो

२०८३ असार ११

285

भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा आधा बढी मत खसेको छ ।
कुल ४ हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको रास्वपा अधिवेशनमा भएको चुनावमा बिहान ८ बजेसम्मको अपडेट अनुसार २१ सय मत खसेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीकाले जानकारी दिए ।
अनुसार ९९ पदका लागि गएराति १२ बजेदेखि विद्युतीय मतदान भइरहेको छ । निर्वाचनमा २०४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिले भोट हाल्न समय लाग्ने देखिएपछि मतदानको समयावधि थप गरिएको छ । यस अनुसार अब प्रतिनिधिहरूले १२ बजेसम्म मतदानमा सहभागी हुन पाउनेछन् ।