August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

विप्लव नेतृत्वको माओवादीले देशव्यापी मसाल जुलुस निकाल्दै

फाईल तस्विर ।
२०८३ जेष्ठ १८

630

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सोमबार साँझ देशव्यापी मसाल जुलुस निकाल्ने भएको छ ।
नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिको विरोधमा विप्लव नेतृत्वको पार्टीले मसाल जुलुस निकाल्ने भएको हो ।
पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बालेन्द्र शाह सरकारको नवदलाल पुँजीवादी, चरम राष्ट्रघाती र जनघाती चरित्र आम राष्ट्रवादी नेपाली जनता र विश्व सामु उदांगिएको छ ।”
प्रधानमन्त्रीको अभिव्यक्ति अन्जान र अस्पष्टताको उपज नभएर राष्ट्रको भौगोलिक अखण्डता र स्वाधीनताका विरुद्ध रहेको नेकपा (माओवादी) को ठहर छ ।