September 6, 2026, Sunday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

३६ चिकित्सकको लाइसेन्स खारेज

२०८३ बैशाख २२

260

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ३६ चिकित्सकको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति आपत्ति जनाएको छ । एनआरएनएले मंगलबार विज्ञप्ति जारी गर्दै मेडिकल काउन्सिलको सो निर्णप्रति आपत्ति जनाएको हो ।
“विदेशमा गैरआवासीय नेपाली हैसियतमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “उक्त निर्णयले सम्बन्धित चिकित्सकहरूको पेसागत भविष्य मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सक समुदायको मनोबलमा समेत नकारात्मक प्रभाव पारेको हाम्रो ठहर छ ।”
संविधानले गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासको आधारमा चिकित्सकहरूको पेसागत पहिचानमाथि प्रश्न उठाउने वा खोस्ने कार्य न्यायोचित नभएको एनआरएनएले जनाएको छ ।