September 7, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

रोशी खोलामा फसेका ८९ जना यात्रुलाई सुरक्षा निकायको संयुक्त टोलीद्धारा उद्धार

२०८३ बैशाख २२

315

काठमाडौं : अविरल वर्षाका कारण रोशी खोलाको बहाव बढ्दा खोलाको बीच भागमा फसेका ८९ जना यात्रुहरूलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार साँझदेखि परेको निरन्तर वर्षाले रोशी खोलामा पानीको बहाव उच्च भएपछि पाँचवटा माइक्रोबस बीच खोलामा अड्किएका थिए ।
ती सवारीमा सवार ८९ जना यात्रुहरूलाई नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले मंगलबार राति करिब १ बजे उद्धार गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको हो ।
उद्धार कार्यपछि प्रहरीले लापरवाहीपूर्वक सवारी सञ्चालन गरी यात्रुको ज्यान र सम्पत्तिमा जोखिम सिर्जना गरेको आरोपमा पाँचवटै माइक्रोबसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।