September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

सुकुम्वासीलाई चैत मसान्तभित्र गाँसबासलगायतका व्यवस्था गर्न सरकारलाई रास्वपाको सुझाव

२०८३ बैशाख २०

200

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सुकुम्वासी बस्तीमा डोजर चलाएर घरबारविहीन बनाइएकालाई आगामी चैत मसान्त (१२ महिना) भित्र गाँसबासलगायतको सम्पूर्ण व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ ।
आजको सचिवालय बैठकले अहिले घरबारविहीन भएकालाई यथेस्ट रूपमा व्यवस्थित बसोबासको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
सचिवालयको निर्णय सुनाउँदै झाले पत्रकारसँग भने,’आगामी चैत मसान्तभित्र यसलाई व्यवस्थित गर्नको लागि सबैलाई अहिले जति जना घरबारविहीन हुनुभएको छ सबैलाई यथेष्ट रुपमा सुरक्षितरुपमा व्यवस्थित रुपमा उहाँहरूलाई बासस्थान दिन, स्थानान्तरण गर्न र गाँसबास, स्वास्थ्य सबै व्यवस्था गर्नका लागि सरकारलाई सुझाव दिइएको छ ।’