काठमाडौं : युवा राजनीतिज्ञ तथा सामाजिक अभियान्ता संचारकर्मी ललन राउत बरै राष्ट्रिय सेवा सम्मान २०८३ बाट सम्मानित भएका छन ।
शनिबार फोकस नेपाल संस्थाद्वारा नेपाल पुलिस क्लबमा नयाँ बर्ष २०८३ को शुभ अवसरमा आयोजित शान्ति ,सहमति र सहकार्य राष्ट्रका निम्ति अपरिहार्य भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाकी उपाध्यक्ष लीला कुमारी भण्डारीले भव्य समारोहका बीच ललन राउत बरैलाई सम्मान गर्नु भएको हो । सामाजिक कार्यमा समेत सक्रिय सम्मानित ललन राउत बरै पत्रकारिताको माध्यमबाट विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको सवाल तथा आवाजलाई उठाउँदै क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएका छन् ।

