September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने

प्रतीकात्मक तस्बिर
२०८३ बैशाख १४

615

काठमाडौं : संसदीय दलको नेता चयन गर्न नेपाली कांग्रेसको बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठकमा पार्टी सभापति गगनकुमार थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी गरिएको छ ।
त्यस्तै, दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ । निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार दलको बैठकले नेता चयनसम्बन्धी प्रक्रियालाई अन्तिमरूप दिने र अनुमोदन गर्ने कार्यसूची रहेको छ ।
कांग्रेसको संसदीय दलको नेता चयन गर्न गत शुक्रबार निर्वाचन कार्यतालिका प्रकाशन भए पनि सहमतिको लागि भन्दै स्थगन गरिएको थियो । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउन चाहेका छन् ।