April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

बिजयपुर स्थित पुर्व अर्थमन्त्री यादवकै क्रसर अबैध

२०८२ चैत्र २५

1.3K

रौतहट : मधेस प्रदेशका पुर्व अर्थमन्त्री तथा कांग्रेस रौतहट सभापति सुनीलकुमार यादवसहितको टोलिले बर्षौदेखि अबैध क्रसर उद्योग संचालन गर्दै रजगज गरिरहेका छ्न ।
जिल्लाको फतुवा बिजयपुर नगरपालिका–७ फतुवा हर्साहमा संचालित सुमुख बालुवा तथा ढुङ्गा प्रशोधन उद्योगको नाममा बर्सेनि कर छली गर्दै अबैध तवरले क्रसरनै सन्चालन गरेको पाईएको छ । त्यस्ता उद्योगलाई नियमन गर्दै तत्काल बन्द गराउन पहल शुन्य देखिएको अवस्थामा जिम्मेवार पदमा बसेकाहरुनै गैर जिम्मेवार बन्दै लुट्तन्त्रमा लागेका छ्न ।
रौतहट जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या यादबले व्यवास्था गरेकै कारण हाल दर्जनौ क्रसर उधोग रौतहटमा सन्चालनमा छन । उनी
जिल्लामा रहेका २१ क्रसर उधोग मध्य ८ वटा मात्र बैध छ्न भने बाँकि १७ वटा अबैध क्रसर तथा बालुवा प्रशोधन कारखाना निर्वाद रुपमा संचालित छ्न । अवैध रुपमा ती उद्योग सञ्चालन भइरहेको हुँदा पनि समितिका सभापति सहित जिल्ला समन्वय समिती मौन बस्नु अर्थपुर्ण रहेको छ ।

समितिले जिल्लाका बिभिन्न अबैध क्रसर तथा बालुवा प्रशोधन उद्योगको दर्ता नवीकरण नभएको र उद्योगले कारोवारको विवरण समेत नराखेकै कारणले नदी दोहन तिब्र रुपमा जारी छ ।
घरेलु तथा साना उधोग कार्यालय रौतहटकि प्रमुख,रिन्की जयसवालले जिल्लामा संचालित बैध क्रसर उधोग सहित २१ क्रसर उधोग सन्चानमा रहेको भएपनी आफ्नो कार्यालयले कार्वाही गर्ने एकल अधिकार नभएको बताईन । अनुगमन निरीक्षण गर्नुपर्दा जिल्ला समन्वय समितीको पहलमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जाने अनुगमन टोलिमा कार्यालयमा प्रतिनिधित्व र सहभागीता हुने भएपनी नियामनकारी निकायले पहल नगर्दा आफू र सिङ्गो घरेलु कार्यालय मुखदर्शक बन्नु परेको बताईन ।
अबैध संचालित ती उद्योगले राज्यलाई बुझाउनुपर्ने कर समेत छलिरहेको हुँदा यस विषयमा स्थानिय,प्रदेश र संघिय सरकार समेतले कानमा तेल हालेर मस्त निद्रामा सुतिरहेको प्रष्ट छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जिल्ला सामन्वय समितीको बैठकले निर्णय गरेको अवस्थामा आफुहरुले कार्वाही प्रक्रिया अघि बढाउने बताए ।
रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं.१ रमौली स्थित, सोहि नगरपालिकाको वार्ड नं.४ हरैया स्थित रहेको बिभिन्न अबैध क्रसर उद्योग र बालृुवा प्रसोधन उद्योग संन्चालनमा रहेको सोहि ठाउँको स्थानियहरुको भनाई रहेको छ । यस्ता उद्योगहरुले आफ्नो हालिमोहालीको तथा सामथ्र्यको भरमा चलाईरहेको पाईएको छ । त्यति मात्र नभएर सरकारले पाउने पर्ने कर समेत छलिरहेको भएपनि जिल्लाको समन्यवन समितिको अध्यक्ष तथा जिल्ला प्रमुख बेखर रहेको पाईएको छ ।
यस्ता क्रसर तथा बालुवा प्रसोधन उद्योगहरुले सरकारको आँखामा धुला झोकेर निर्वाध रुपमा चलाईरहदा पनि यसका संन्चालकहरुलाई कार्यावाहि नहुँदा बिभिन्न किसिमको टिकाटिप्णी उठिरहेको छ ।
जिल्लामा वैध रुपमा बृन्दावन–४ को गढीमाई क्रसर ,गायत्री क्रसर ,न्यू गढीमाई क्रसर उद्योग गढीमाई – ९, कंकाली माई क्रसर उद्योग फतुवा विजयपुर – १०, शिव शंकर क्रसर उद्योग (गरुडा नगरपालिका –४ बंकुल क्रसर उद्योग क्रसिङ र वासिङ सन्चालित छन् । त्यस्तै, अबैध रुपमा शंकर मोचन क्रसर उद्योग वृन्दावन ,शिवम् क्रसर उद्योग,सुमुख बालुवा तथा ढुङ्गा प्रशोधन उद्योग,महालक्ष्मी प्रशोधान,बाबा क्रसर उद्योग झाझ पुल,चमेली माई क्रसर उद्योग,शिव पार्वती क्रसर उद्योग शिव नगर,आश्रय निर्माण सेवा चन्द्रपुर –०९ रहेका छन् ।