April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

घुस रकम सहित प्रहरी निरीक्षक अधिकारी पक्राउ

२०८२ चैत्र २०

115

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले घुसको रकमसहित सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ ।
पूर्व–पश्चिम राजमार्गमा रहेको धनुषाको लालगढबाट आयोगले स्टिङ अपरेशन गरी प्रहरी निरीक्षक ओकिल अधिकारीलाई पक्राउ गरेको आयोग बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले बताए ।
अधिकारी पोखरेलका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो ।
सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ । निरीक्षक अधकारीलाई नियन्त्रण लिइ उनीमाथि थप अनुसन्धान भइरहेको अधिकारी पोखरेलको भनाइ छ ।