April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

रौतहटबाट १० हजार बढी विद्यार्थी एसईईमा सहभागी

२०८२ चैत्र १९

140

रौतहट : आजबाट सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा रौतहट जिल्लाबाट १० हजार ८८ विद्यार्थी सहभागी भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले साधारण, प्राविधिक तथा ग्रेड वृद्धितर्फका गरी उक्त संख्यामा परीक्षार्थी सहभागी भएको लागेको जनाएको छ ।
जिल्लाका १०२ वटा सामुदायिक, २० वटा संस्थागत तथा ८ वटा प्राविधिक विद्यालयका गरी कुल १ सय ३० विद्यालयका विद्यार्थीका लागि ३९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
कार्यालयका अनुसार परीक्षामा ५ हजार २ सय ७१ छात्र र ४ हजार ८ सय १७ छात्रा सहभागी छ्न । यस्तै, प्राविधिकतर्फ २ सय ४९ र ग्रेड वृद्धितर्फ २ सय ४५ विद्यार्थीले परीक्षाम सहाभागी छ्न ।
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन ३९ जना केन्द्राध्यक्ष खटाइने तयारी छ भने शिक्षा विकास तथा समन्वय इकाइका निमित्त इकाइ प्रमुख उपेन्द्र सिंहले परीक्षा निष्पक्ष, अनुशासित तथा पारदर्शी रूपमा सञ्चालन गर्न आवश्यक तयारी पहिलेनै भैइसकेको बताए ।
परीक्षा केन्द्रमा अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा व्यवस्था मिलाइएको बताउदै सिंहले परीक्षाको मर्यादा विपरीत कार्य गर्ने जो–कोहीलाई कारबाही गरिने चेतावनी समेत दिएका छन । चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको सिंहले बताए ।