काठमाण्डौं : काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सिडियो) छवि रिजाल छुटेका छन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले जिम्मा जमानीमा छाडेको एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
उनले भने ‘उहाँसँग बुझ्नुपर्ने कागजातहरू सबै बुझ्यौं । बुझेपछि खोजेका बखतमा उपस्थित हुने गरी जिम्मा जमानीमा छाडेका छौं,’
रिजाललाई उनका भतिजको जिम्मामा छाडिएको हो ।






