April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

नदिमा माछा मार्न गएका एक जनाको मृत्यु

२०८२ चैत्र १०

190

रौतहट :- रौतहटको चन्द्रपुर नगरपालिका -१ स्थित बागमतीमा एक ब्यक्तिको शव फेला परेको छ ।
चैत  ७ गते शनिबार सर्लाही बागमती नगरपालिका – ४ नयाँबस्तीका ४० बर्षिय कामी सिंह स्याङतान माछा मार्ने क्रममा नदेमा डुबेर बेपत्ता भएका थिए ।  ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरकि प्रमुख,प्रहरी नायव उपरीक्षक रुपा लाबुङको कमाण्डमा १० जना,नेपाल आर्मीको बेश चपुर बाट जमदारको कमाण्डमा १० जना सशस्त्र बेश क्याम्प सन्तपुर बाट ७ जना,ईलाका प्रहरी कार्यालय कर्मैया सर्लाही र  पौराईको टोलीले उक्त स्थानको बागमती खोलामा ढुङगा बाट खोजतलास गर्दा स्याङ्तानको सव फेला परेको रौतहट प्रहरीका सुचना अधिकारी बिष्णु प्रदिप बस्यालले जानकारी  दिए ।
डुङगा मार्फत उक्त लाश खोला बाट बाहिर निकाली मुचुल्का तयार गरेर  पोष्ट मार्टमको लागि चन्द्रनिगाहपुरस्थित  सरकरी अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकि प्रमुख रुपा लाबुङले बताईन ।