७५,१५३ मत गणना
काठमाडौं : प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहेको छ। हालसम्म सार्वजनिक भएका मतपरिणाम अनुसार प्रत्यक्ष र समानुपातिक मतमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) विजयी भएको छ। अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता छ ।
रास्वपाको ११० बढी स्थानमा अग्रता छ । यो समाचार तयार गर्दासम्म १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले २८ सिट, कांग्रेसले ६ सिट, एमालेले २ सिट, नेकपाले १ सिट र स्वतन्त्र उम्मेदवार महावीर पुनले एक सिट जितेका छन् ।
रास्वपा ८९ सिटमा अग्रता लिँदा एमाले, कांग्रेस र नेकपा लगभग १०\१० सिटमात्र अग्रता लिएका छन् । समानुपातिकतर्फ ७५,१५३ मत गणना गर्दा रास्वपाले ५७ प्रतिशत र कांग्रेसले ११, एमाले र राप्रपाले ८ प्रतिशत मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४२०४० मत, नेपाली काँग्रेसको १२५५३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७१३८ मत प्राप्त गरेका छन् । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१९२, नेपाली कम्युनिष्ट पार्टीले ३१६४, श्रम संस्कृति पार्टीले १५३९ मत प्राप्त गरेको छ ।






