विराटनगर : मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य निर्वाचित भएकी छिन् ।
उनले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई ४२ हजार बढी मत अन्तरले पराजित गरेकी हुन् ।
निर्वाचन आयोगका अनुसार आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका एमालेका विनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् ।






