September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

सर्लाही ४ : सिंह भन्दा थापा करिब छ हजार मतले पछाडि (मतपरिणाम सहित)

२०८२ फाल्गुन २३

460

सर्लाही : सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा करिब छ हजार मतले पछाडि परेका छन् ।
बिहान ११ बजेसम्मको मतगणनामा उनलाई रास्वपाका अमरेशकुमार सिंहले ५,९७२ मतले पछाडि पारेका छन् ।
यो निर्वाचन क्षेत्रमा विसं २०७९ सालको अघिल्लो संसदीय निर्वाचनमा सिंह निर्वाचित भएका थिए । उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका सिंह अहिले रास्वपाबाट उम्मेदवार छन् ।
चार पटक संसद् बनेका कांग्रेस सभापति थापा काठमाण्डूको पुरानो क्षेत्र छोडेर सर्लाही गएका हुन् ।
अमरेश कुमार सिंह (रास्वपा) :– १४,४३४
गगन थापा (कांग्रेस) :– ८,४६२
अमनिशकुमार यादव (नेकपा एमाले) ः– २,२६१
राकेश मिश्र (जनमत) :– ९९१
डा. रजनिश राय (नेकपा) : – ६५६