September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

दोलखाका कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान

२०८२ फाल्गुन २१

565

काठमाडौँ :- नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले मतदान गरेका छन् । दोलखाका उम्मेदवार शिवाकोटीले बिहान दोलखाकै क्षमावती उच्चमावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनले मतदान गरेपछि समुन्नत नेपाल र समुन्नत नेपालीका लागि बदलिएर आएको नेपाली कांग्रेसलाई विजयी गराउन सम्पूर्ण मतदातालाई आह्वानसमेत गरेका छन् ।

उनले कांग्रेस आफ्नो प्रतिज्ञापत्रमा कटिबद्ध भएकोसमेत जनाउँदै मुलुकको विशेष परिस्थितिमा कांग्रेसलेमात्र नेतृत्व गर्न सक्नेसमेत बताएका छन् ।