दोलखा :- दोलखाको वैतेश्वर र मेलुङ गाउँपालिकामा नेकपा एमाले र नेकपा (नेकपा) परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। वैतेश्वरको मैनापोखरीमा आयोजित कांग्रेसको बृहत् चुनावी सभाका क्रममा उनीहरूलाई पार्टीमा स्वागत गरिएको हो।
पार्टी प्रवेश गर्नेहरूमा वैतेश्वर गाउँपालिका वडा नं. ६ का एमाले सचिव गोपाल तामाङसहित एमालेका राकेश तामाङ, कुल तामाङ, नविन्द्र श्रेष्ठ, काजी श्रेष्ठ, डम्बरबहादुर श्रेष्ठ, यमबहादुर बस्नेत, हरिबहादुर तामाङ, सन्जिमाया तामाङ, सबिता तामाङ, मलमाया तामाङ, गोमा घिसिङ, सूर्यबहादुर राउत र केदारभक्त श्रेष्ठ रहेका छन्।
यसैगरी, नेकपाबाट खड्क बहादुर तामाङ, लालबहादुर तामाङ, मानबहादुर तामाङ, मनमाया खड्का र सुनकुमार तामाङ कांग्रेसमा प्रवेश गरेका छन्। साथै, समिर गिरी, भुलाराम गिरी, यानुमाया गिरी, धनबहादुर गिरी, केशरी गिरी र सुशिला गिरी पनि कांग्रेसमा भित्रिएका छन्।
नवप्रवेशीहरूलाई नेपाली कांग्रेस दोलखाका उम्मेदवार अजयबाबु शिवाकोटी, समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पा, जिल्ला सभापति वर्मा लामा र बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लेले खादा तथा अबिर लगाएर स्वागत गरे।
सयौँको सङ्ख्यामा जनसहभागिता रहेको उक्त सभामा वक्ताहरूले दोलखा कांग्रेस अहिले पूर्ण रूपमा एकढिक्का रहेको र जिततर्फ अग्रसर भएको दाबी गरे। उम्मेदवार अजयबाबु शिवाकोटीप्रतिको बढ्दो आकर्षणले गर्दा जिल्लाभर कांग्रेस प्रवेशको लहर चलेको नेताहरूको भनाइ थियो।
कार्यक्रममा नेताहरूले निर्वाचनको समयमा प्रशासनले कांग्रेस कार्यकर्ताहरूलाई दुःख दिने प्रयास गरिरहेको भन्दै त्यसको कडा निन्दा र खबरदारी समेत गरे। निर्वाचन नजिकिएकाले सबै एकजुट भएर अजयबाबुलाई जिताउन उनीहरूले आह्वान गरे।
यसैबीच, मेलुङ गाउँपालिका वडा नं. ५, डाँडाखर्कमा आयोजित कार्यक्रममा पनि विभिन्न पार्टी परित्याग गरी कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।






