April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

रौतहटमा नदि दोहन : नगरपालिका र प्रशासन मौन 

२०८२ फाल्गुन १३

565

प्रिमेश शिवाकोटी 

रौतहट :- नदी दोहनको विषय हरेक बर्ष चर्चामा आउँछ । स्थानीय सरकार र सम्बन्धित अन्य सरकारी निकायले केहिदिन कार्वाहीको नाटक मंचन गरेर झारो टार्ने काम गर्ने गरेपनि नदिन दोहन निरन्तर जारी छ ।

रौतहटको चादी खोलापनि अहिले दोहनको मारमा छ । चन्द्रपुर ९ स्थित मर्धर घाटमा दैनिक अबैध रुपमा सयौं ट्रेक्टरले निर्वाद रुपमा नदि दोहन गरिरहेको स्थानीय बताउछ्न ।

मर्धर घाटबाट  केही ठेकेदार र जनप्रतिनिधिको मिलेमतोमा मापदण्डविपरीत जथाभावी नदी दोहन गर्दै आएका छन् ।

चन्द्रपुर नगरपालिकाको कार्यालयले पुषको २९ गते निकालेको आशयको सूचना अनुसार सो घाटको नदिजन्य पदार्थ पधार्थ उत्खननको ठेक्का सर्हाली स्थित एम आर कन्स्ट्रक्सनले पाएको देखिन्छ । तर,मापदण्ड विपरीत नदि दोहन हुँदै आएको छ ।

रजास्व समेत दाखिला नभएको अवस्थामाअ निरन्तर नदि दोहनले बाताबरणीय सन्तुलन बिगारिरहेको स्थानीय सुरेश थापा मगर बताउछ्न ।

एकातर्फ राजस्व छली अर्कातर्फ निरन्तर दोहनले बस्तीनै जोखिममा पर्ने खतरा बढ्दै गएको थापा मगरको तर्क छ । सो क्षेत्रमा कहिले मानिस त कहिले नदीको बीच भागमै ठूला एक्स्काभेटर लगाएर ढुंगा, गिट्टी र बालुवा निकाल्ने गरिएको छ । स्थानीय तहले  नदीमा नदीजन्य पदार्थ निकाल्ने ठेक्का लगाए पनि ठेकेदार र क्रसर व्यवसायीले सम्झौताविपरीत मेसिन प्रयोग गर्दै आएका हुन् ।

निर्वाचनका बेला प्रशासनिक निकाय व्यस्त भएको मौका छोपेर दिनरात नदीमा दोहन भइरहेको छ  । चन्द्रपुर नगरपालिकाको राजस्व शाखा प्रमुख गङ्गा खड्कालाई राजस्वका बारेमाअ बुझ्न फोन सम्पर्क गर्दा उनको फोन उठ्दैन ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायले अनुगमन तथा कारबाही प्रक्रियालाई बेवास्ता गरेपछि ठेकेदार र क्रसर व्यवसायीको मनोमानी बढेको हो । ठेक्काको पनि आफ्नै मापदण्ड हुन्छ,नदीबीचमै पसेर दोहन गर्न पाइदैन तर,पैसा र शक्तिको दुरुपयोग गर्दै निरन्तर दोहन जारी रहेको स्थानीय थापामगर बताउछ्न ।