April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

बारामा आमाछोराको हत्या,३ जना घाइते

फाइल तस्बिर ।
२०८२ माघ १४

370

काठमाडौँ : बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिले आमाछोराको हत्या गरेका छन् । आज बिहान ३ बजेतिर धारिलो हतियार प्रयोग गरेर उनीहरुको हत्या गरेको प्रहरीले जनाएको छ ।
बारा क्षेत्र नम्बर ४ को परवानीपुर गाउँपालिका वडा नम्बर नं १ मा २७ वर्षीय रामेश्वर मण्डल र उनको आमा ४६ वर्षीया सुमित्री देवीको टाउको काटेर हत्या गरिएको हो । श्रीमान् जगरूप महतो मण्डल, उनकी छोरी २० वर्षीया रीना कुमारी गम्भीर र बुहारी मनिता समान्य घाइते छन् । उनीहरूको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलमा प्रहरीले कुकुर लिएर अनुसन्धान थालेको छ ।