April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

मधेश प्रदेशमा नयाँ सभामुखका लागि निर्वाचन प्रक्रिया सुरु हुदैँ

२०८२ पुष ५

355

काठमाडौँ : मधेश प्रदेश सभामा सभामुख चयनका लागि शनिबार निर्वाचन प्रक्रिया शुरु हुँदैछ । मधेश प्रदेश सभा सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दिने समय तय गरिएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार ३ बजेसम्म प्रस्तावक र समर्थकसहित सूचना दर्ता गराउने र साढे ३ बजे दर्ता क्रमअनुसार सूची प्रकाशन गरिने कार्यतालिका छ ।

सार्वजनिक सूचीका आधारमा आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तावकले उम्मेदवारलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् ।
समर्थकले समर्थन गरेपछि उम्मेदवारमाथि सामूहिक छलफलपछि दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरी सभामुख चयन गर्ने कार्यतालिका छ । गत मंसिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डल अविश्वासको प्रस्तावबाट पदमुक्त भएका थिए । मण्डललाई पद अनुकुल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो ।