रौतहट : मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवले मधेश प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउने जमर्को गरेको बताएका छन् ।
आज विहिवार रौतहटको चन्द्रपुर नगरपालिका–८ कोटीहोम खेल मैदानमा आयोजित चन्द्रपुर प्रिमियर लिगको दोस्रो संस्करण अन्तर्गत उदघाटन कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मदेश प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने बताएका हुन् । नेपालमा क्रिकेट खेलको क्रेज बढदै गइ रहेकोले यो आस्थामा आफु भौतिक पूर्वाधार विकास मन्त्री हुँदा जनकपुर–१४ रजौलमा रङ्गशाला निर्माणका लागि डिपिआर समेत गराएको बताए । उनले सो डिपिआर अनुसार आगामी दिनमा निर्माण कार्यको थालनी गरिने प्रतिबद्धता समेत गरेका छन् ।
खेल र खेलाडिको हौसला बढाउन प्रदेश सरकार पछि नपर्ने बताउदै मुख्यमन्त्री यादवले चन्द्रपुर नगरपालिका–८ मा रहेको कोटीहोम खेल मैदानको लागि मदेश प्रदेश सरकार आगामी आर्थिक वर्षमा सहयोग गर्ने बताएका छन् ।
चन्द्रपुर नगरपालिकाको सहयोगमा चन्द्रपुर युवा क्लबद्वारा आयोजना भएको चन्द्रपुर प्रिमियर लिगको दोस्रो संस्करणमा आठ वटा टिमको सहभागिता रहेको चन्द्रपुर युवा क्लबका कार्यक्रम संयोजक देवराज कार्कीले जानकारी दिए ।
चन्द्रपुर प्रिमियर लिगको दोस्रो संस्करणमा घोडादेवि राइडर्स चन्द्रपुर,देवीपुर रोयल गुजरा,चमनपुर सुपर किंग्स, दुर्गा भगवती वेरियर्स, समनपुर बोल्ट, नेपाल तराइ सिटि एण्ड बेरोजगार टिम, अप्पन कटहरिया र होटल एन प्लाजा गरि आठ वटा टिमको सहभागिता रहेको संयोजक कार्कीले एक प्रश्नलाई जानकारी दिएका छन् ।
सो कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ का प्रदेश सभा सदस्य तथा पुर्व मन्त्रि युवराज भट्टराई ( समिर ) चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले,उपप्रमुख जयमाला कुमारी चौधरी,चन्द्रपुर नगरपालिकाका दश वटा वडाका वडा अध्यक्षहरु ल्गायतको सहभागीता रहेको थियो ।






