September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता
फाइल तस्बिर ।

देशभरको मुख्यतया मौसम सफा रहने

२०८२ मंसिर १२

335

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।