रौतहट : नेपालका चर्चित गायक तथा पर्फर्मर दुर्गेश थापालाइ रौतहटमा पछ्याउदै ल्यांग्री दादाले हजारौं दर्शक नचाएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर आठ सन्तपुरमा आयोजित ४८ औं समाचकेवा महोत्सव तथा श्री कार्तिकेश कुवँर मेलामा ‘तेरो इलाका मेरो धमाका’ भन्दै सुमनराज न्यौपाने (ल्यांग्री दादा)ले हजारौँ दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका हुन् ।
टिकटक र युट्युवमा अहिले भाईरल बन्दै गरेको ‘तेरो इलाका मेरो धमाका’ बोलको गीतका मोडल समेत रहेका न्यौपाने अहिले खुब चर्चाका छन् । मङ्गलबार सन्तपुर मेलामा हजारौँको भिडमा रहेको दर्शकहरूले छुट्टै मनोरञ्जन प्राप्त गरेका थिए ।
मेलामा ल्यांग्री दादाका अन्य साथीहरुले पनि सन्तपुर मेलाको चिसो माहोललाई तातो बनाएको मेला समितिका अध्यक्ष कमलेस चौधरीले जानकारी दिएका छन् ।
मेरी बास्सै देखि करियर सुरु गरेका न्यौपाने अहिले म्युजिक भिडियोमा बहुतै चर्चा बटुलेका छन् । हालै उनको प्रर्दश भएको चलचित्र लाज शरणमबाट भिलेनको पात्रले उनी अन्र्तराष्ट्रिय बजारमा समेत चर्चित बन्दै गएका छन् ।
न्यौपानेले आउने नेपाली चलचित्र वम बिहारीको सुटिङ सकेर प्रमोशनमा हिडेको समेत बताएका छन् । उनीसंग गायक तथा संगितकार सुर्य राई दनुवार, कलाकार तथा मोडल उमेश कुमार बराल तेस्तै नायीकाहरु एलिना रायमाझि,डान्सर समिता गिरी,लोकदोहोरी गायक अमरदिप बिसी,डान्सर जोशना मगर लगायतले आफ्नो धमाकेदार प्रस्तुति दिएर रौतहटमा आफ्नो वर्चस्व कायम गरेका छन् ।

