August 18, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

२०८२ कार्तिक २५

545

मुम्बई : भारतीय चलचित्रका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षीय अभिनेतालाई श्वासप्रश्वासमा समस्या आएपछि सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको अवस्था स्थिर नभएपछि भेन्टिलेटरमा राखिएको थियो र आगामी ७२ घण्टा उनको लागि निकै महत्त्वपूर्ण रहेको अस्पताल स्रोतले बताएको थियो ।
देओल परिवार नजिकका स्रोतहरूका अनुसार, धर्मेन्द्रका छोरीहरूलाई विदेशबाट मुम्बई बोलाइएको छ । सोमबार राति छोरा सन्नी देओल अस्पताल बाहिर निकै भावुक देखिएका थिए ।
अर्का छोरा बबी देओल पनि आफ्नो चलचित्र ‘अल्फा’ को छायांकन छोडेर मुम्बई फर्केका छन् र बुबालाई भेट्न अस्पताल पुगेका छन् । शाहरुख खान, सलमान खान लगायत बलिउडका धेरै हस्तीहरू पनि सोमबार अबेर राति क्यान्डी अस्पताल पुगेका थिए ।
बलिउडमा ‘ही–म्यान’ को नामले चिनिने धर्मेन्द्रले ६ दशकभन्दा लामो आफ्नो फिल्मी करियरमा उत्कृष्ट छाप छोडेका छन् । उनको अन्तिम पटकको पर्दामा उपस्थिति डिसेम्बर २५ मा रिलिज हुने चलचित्र ‘इक्किस’ मा रहनेछ ।
उनको परिवारमा पत्नी हेमा मालिनी र ६ सन्तानहरू रहेका छन् । उनका सन्तानहरूमा अभिनेता सन्नी देओल, बबी देओल, ईशा देओल र आहना देओलका साथै अजिता र विजेता छन् ।