April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

एकसाता लामो चीन भ्रमणमा जाँदै डा.कोइराला

२०८२ भाद्र १९

380

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला एकसाता लामो चीन भ्रमणमा जाने भएका छन् । स्रोतले दिएको जानकारीअनुसार उनी शुक्रबारदेखि चीन भ्रमणमा रहनेछन् ।
एक विश्वविद्यालयको निमन्त्रणमा चीन जान लागेका डा. कोइरालाले भ्रमणको औपचारिक जानकारी भने सार्वजनिक गरेका छैनन् । उनको सचिवालयले पनि भ्रमण एक विश्वविद्यालयको आमन्त्रणमा हुन लागेको पुष्टि गरेको छ ।
उनको भ्रमणबारे संसद सचिवालयलाई पनि कुनै जानकारी अहिलेसम्म नभएको एक अधिकारीले जानकारी दिए ।
तर बिहीबार बिहान कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले फोन गरेर भ्रमणबारे जानकारी लिएको स्रोतले जानकारी दियो । २५ गतेसम्म उनी चीन भ्रमणमा रहनेछन् । विश्वविद्यालयको कार्यक्रमबाहेक उनले चीनमा राजनीतिक भेटवार्ता पनि गर्ने तयारी गरिएको स्रोतले जानकारी दियो ।