April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

तियानानमेन स्क्वायरको सैनिक परेडमा नेपालको उपस्थिति : त्रिभुवनदेखि ओलीसम्म

२०८२ भाद्र १७

575

काठमाडौं : चिनको जनमुक्ति सेनाले राजधानी बेइजिङको ऐतिहासिक तियानानमेन स्क्वायरमा आयोजना गर्ने सैन्य परेड अन्तर्राष्ट्रिय समुदायको चासोको विषय हुँदै आएको छ। यस परेडमा विगतमा पनि नेपालका शीर्ष नेताहरूको उपस्थिति रहँदै आएको थियो।

सन् १९५५ मा तत्कालीन नेपालका राजा त्रिभुवन चीन भ्रमणका क्रममा सो परेड अवलोकन गरेका थिए। त्यसपछि नेपालका तत्कालीन  पुर्वप्रधानमंत्री एवं नेपाल प्रजापरीषदका संस्थापक नेता टंक प्रसाद आचार्य समेत चीनको निमन्त्रणामा परेडमा उपस्थित भएका थिए। यी दुवै ऐतिहासिक प्रसंग नेपाल–चीन सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण घटनाका रूपमा दर्ज भएका छन्।

अब, लामो अन्तरालपछि, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा हुने सोही परेडमा सहभागी हुन लागेका छन्। प्रधानमन्त्री ओली हालै सम्पन्न शंघाई सहयोग संगठन (SCO) शिखर सम्मेलनमा भाग लिएर रेलमार्ग हुँदै बेइजिङ पुगेका हुन्। उनी चीनका राष्ट्रपति सी जिनपिङ र उपराष्ट्रपतिसँग उच्चस्तरीय वार्तामा व्यस्त रहँदैछन्।

विशेषज्ञहरूले प्रधानमन्त्री ओलीको यो उपस्थितिलाई नेपाल–चीन सम्बन्धलाई ऐतिहासिक निरन्तरता दिने र रणनीतिक साझेदारी अझ प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन्। चीनले आयोजना गर्ने यस्तो भव्य सैन्य परेडमा नेपाली नेतृत्वको उपस्थिति नेपालले आफ्नो छिमेकी राष्ट्रसँगको विश्वास र साझेदारीलाई प्राथमिकतामा राखेको स्पष्ट सन्देश दिन्छ।