जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शनिबार साँझ स्विट्जरल्यान्ड प्रस्थान गरेका छन् ।
‘अन्तर–सरकारी सहकार्य र संघीय प्रणालीमा प्रतिस्पर्धात्मकता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि हुनका लागि मुख्यमन्त्री सिंह त्यसतर्फ प्रस्थान गरेका हुन् ।
यो भ्रमण संघीय प्रणालीअन्तर्गत अन्तर–सरकारी सहकार्य र प्रतिस्पर्धात्मकता सम्बन्धी अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान तथा अध्ययन गर्न महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ ।
मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेश झाका अनुसार उनीको भदौ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । मुख्यमन्त्री सिंह यसअधि पनि यहि भदौ ६ गते मलेसिया गएका थिए ।
क्वालालम्पुर स्थित ४ दिने बसाइको क्रममा उनले मलेसियाका लागि नेपाली राजदुत र आप्रवासी श्रमिकहरूसँग भेटघाटका साथै बस्तु स्थितिबारे छलफल समेत गरेका थिए ।
मुख्यमन्त्री सतिशकुमार सिंहको ८ दिन भित्र दोस्रो विदेश भ्रमणसँगै मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दोस्रो पटक पनि भौतिक पुर्वाधार विकास मन्त्री सरोजकुमार यादवलाई दिइएको छ ।

